Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आदिवासीको संरक्षण र संवर्द्धनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

    आदिवासीको संरक्षण र संवर्द्धनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासीको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    २९ औँ आदिवासी दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आदिवासी समुदायको भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध छ । अहिले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ । त्यसैले चाहना हुँदा-हुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ । र, पनि भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयास रहन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले नेपालका आदिवासी समुदायको भाषा संस्कृति राज्यसत्ताको भाषा संस्कृतिभन्दा पृथक् रहेको समेत स्मरण गरे ।

    प्रधानमन्त्री प्रचण्डले संविधानले आदिवासीको अधिकार र कानुन निर्माणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको भन्दै आयोगले आदिवासीको संस्कार, संस्कृति र भाषाको पहिचान, आदिवासी जनजातिको अधिकार संरक्षण र सम्वर्द्धनका लागि पहरेदारको भूमिका खेल्ने काम गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार