Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • हामीलाई बहुमत दिनुस् संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    हामीलाई बहुमत दिनुस् संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको बताएका छन् ।

    विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले २०८४ को चुनावमा पहिचान पक्षधरलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने आवश्वास दिए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले म प्रधानमन्त्री हुनुको नाताले जसले पहिचानको आन्दोलनलाई समावेशी र समानुपातिकताको आन्दोलनको नेतृत्व गर्यो । यसले प्रदेशको नामकरण गर्दा पहिचान झल्कने गरोस् भन्ने तपाईंहरुको आवाजको गम्भिरता र संवेदनशिलतालाई बुझेको छु । १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गर्नु अगाडि मैले त्यो प्रदेशको नाम किरात प्रदेश राख्नु उचित हुन्छ र मेरो तर्फबाट त्यो प्रयास भइरहेको छ भनेको पनि थिए । मलाई त्यसको पनि सम्झना छ ।’



    उनले पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए ।

    उनले पहिचानवादीहरुको आन्दोलनको क्रममा साहदात प्राप्त गर्नेलाई सहिदको घो्षणा र क्षतिपूर्तिको पनि निर्णय आफैंले गराएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार