Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

र्‍यापिड एक्सन टिमलाई रास्वपाले भन्यो - स्थानीय निकाय र सरोकारवालासँग समन्वय गर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले आफ्नो पार्टीको र्‍यापिड एक्सन टिमलाई सरकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम हटाउन चितवनका सीडीओले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाले निर्देशन जारी गरेको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका छन् ।

यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको आरएटी टीम नचाहिने बताएको थियो।

[insert page='240223' display='yopanipadhnuhos.php']

रास्वपाले हिजोदेखि ५० जनाको टोली उक्त सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो । रास्वपा प्रवक्ता ढकालले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले उक्त टीम बनाएको प्रष्टिकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077