Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सरकार छाड्ने उपेन्द्रको धम्कीपछि देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेट

    सरकार छाड्ने उपेन्द्रको धम्कीपछि देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

    सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने धम्की दिएपछि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



    १७ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्ड छानबिन सम्बन्धमा सरकारले गरेको नयाँ सहमतिलाई लिएर अध्यक्ष यादवले चरम असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।



    गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेपछि रुष्ट भएका यादवले मंगलबार दिउँसो देउवासँग भेट गरेको स्रोतले बतायो । अध्यक्ष यादवले गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सम्झौताप्रति सभापति देउवासँग असन्तुष्टि व्यक्त गर्दै सरकार छोड्नेसम्मको चेतावनी दिएका थिए।

    यादवसँगको छलफलपछि आज बिहान सभापति देउवा रक्षामन्त्री एवम् उपसभापति पुर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र कृष्ण सिटौंलासहितका नेता लिएर प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए।

    उनीहरुबीच संसदको गतिरोध अन्त्य र गौर हत्या काण्डको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । २०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार