Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ, हामी कसैभन्दा कम छैनौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “नेपाल हर किसिमबाट सुन्दर छ भनेर बुझाउन सक्दछौँ । देशभरि नै कतिलाई थाहा छैन । मेचीदेखि महाकाली, मधेशदेखि हिमालसम्म नेपाललाई चिनाउन सक्यौँ भने नेपालीले पनि विश्वलाई आफ्नो भन्ने किसिमबाट अघि बढाउन सक्नुपर्दछ ।”

नेपाल प्राकृतिक रूपमा मात्र नभई भाषाभाषी, संस्कृति सबै किसिमबाट कसैभन्दा कम नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077