Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् बैठमा लिङ्देनले सोधे - तीन दलले निर्णय गरेपछि हामी लुरुलुरु लाग्नुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दल मिलेर संसद् र देशलाई बन्धक बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने,'संसद खुलाउने कुरामा प्रतिपक्षको मात्र नभइ सरकारको सहयोग र रुची हुनुपर्छ। तर यो सरकारको संसद खोल्ने कुरामा रुची नै छैन। यो संसद् ३ दलको बन्धक बन्न मिल्छ ? तपाईहरु रातारात सल्लाह गर्ने, ३ दल मिलेपछि लुरुलुरु हामी पछि लाग्नुपर्ने ?'

तीन दल मिलेर संसदीय समितिको भागबण्डा गर्नु संसदीय नियमावली विपरित भएको भन्दै आक्रोश व्यक्त गरे। सांसद लिङ्देनले क्वीन्टल सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति गठनमा सहयोग गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।

सरकारले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै उनले सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिए।

उनले भने,'जनतालाई विश्वास दिलाउनका लागि सुन प्रकरणमा उच्चस्तरीय छानबिन गठनमा मञ्जुर हुनुहोस्। सहयोग गर्नुहोस् ।छानबिन समिति बनाउने वित्तिकै सरकार ढलिहाल्ने कुरा होइन। मन्त्री फसिहाल्ने कुरा छैन। '

सांसद लिङ्देनले संसद खुलाउने विषयमा प्रतिपक्ष मात्रै नभइ सरकारको सहयोग र रुची हुनुपर्ने बताए। उनले संसद खुलाउने कुरामा यो सरकारको रुची नै नभएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077