Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोल्पा बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, १८ जना घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना.ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् ।

प्रहरीले उनको खोजी गरिरहेको छ । घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077