काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन्।
एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
विज्ञप्ती जारी गर्दै उनीहरूले आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।
Leave a Reply