काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् ।
खोलाको बहाव बढेसँगै काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।
बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको थियो ।
तरकारी बजारमा पानी पसेपछि बिक्रीका लागि तयार पारिएका तरकारीहरू बगाएका छन् ।