Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा

काठमाडौं । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।

सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ । अविरल वर्षाका कारण उपत्यकाका नदी बढ्ने आकलन गरेर सचेतना अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077