Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रास्वपाका चार सांसदलाई जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    रास्वपाका चार सांसदलाई जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई निर्वाचन आयोगले गरेको कारबाही रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । सोमबार दुवै पक्षलाई झिकाएको उच्च अदालतले अल्पकालिन आदेशलाई नै निरन्तरता दिएको हो ।

    कामु मुख्यन्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको संयुक्त इजलासको यो आदेशसँगै रास्वपाका ४ सांसदले आयेगले तोकेको जरिवाना तत्काल तिर्नु नपर्ने भएको छ।



    निर्वाचन आयोगले यही साउन ९ गते निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।



    त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनालले आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार