Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुन तस्करी प्रकरणका पक्राउ परेका १७ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    सुन तस्करी प्रकरणका पक्राउ परेका १७ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न थप ७ दिन अनुमति दिएको छ ।

    राजश्व अनुसन्धान विभागले यसअघि उच्च अदालत पाटनबाट पाएको म्यादलाई सोमबार जिल्ला अदालतले मिलान गर्दै सीआईबीलाई २७ गतेसम्मको समय प्रदान गरेको हो ।



    यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गिरसकेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो ।



    ब्यूरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधिक कोषबाट अनुसन्धान सुरु गरिएको छ । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।

    ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई बुझाएसँगै १७ जना आरोपीतलाई पनि सीआईबीको जिम्मा लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार