Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • संसद्को अवरोध हटाउन तीन दलका शीर्ष नेता फेरि छलफलमा

    संसद्को अवरोध हटाउन तीन दलका शीर्ष नेता फेरि छलफलमा

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 750
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिररहेको संसद् अवरोध खुलाउन प्रमुख दलका शीर्ष नेताहरु पुन: छलफलमा जुटेका छन् ।

    संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन: छलफलमा जुटेका हुन् । यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो ।



    नेताहरू पुन: बस्ने गरी उठेका थिए । नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।



    बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ ।

    सभामुखको कार्यकक्ष सिंहदरवारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो ।

    विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार