Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • प्रहरी हस्तक्षेपमाथि अनुसन्धानको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

    प्रहरी हस्तक्षेपमाथि अनुसन्धानको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपमाथि अनुसन्धान गर्ने बताएका छन् ।

    आज मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धानगरी दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए। उनले घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।



    तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिएको थियो।

    धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी घाइते भएका थिए। अधिवक्ता पाण्डेमाथि कारवाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारवाही तथा उचित क्षतिपूर्ति एवं उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार