Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन, साढे ३ बजे फेरि बस्ने

    शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन, साढे ३ बजे फेरि बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 495
    SHARES

    काठमाडौं । प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

    सभामुख देवराज घिमिरेको पहलमा संसद् सचिवालयमा सोमवार दिउँसो साढे १२ देखि बैठक शुरू भएको बैठक साढे २ बजे फेरि बस्नेगरी स्थगित भएको हो ।



    अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा सोमबार छलफल भए पनि शीर्ष नेताहरू सहमतिमा पुगिसकेका छैनन्।



    बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

    दलका सचेतकहरू पनि बैठकमा सहभागी थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार