काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान अर्थमन्त्रालयमा अर्थमन्त्री महत र राजदूत थम्सनबीच भेट भएको हो ।
उनीहरुबीच एमसीसी कार्यान्वयनको विषयलाई लिएर छलफल भईरहेको अर्थमन्त्रालय सा्रेतले जनाएको छ । थम्पसनले गत बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ।
Leave a Reply