काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।
यस्तै सर्वोच्चले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानबिन गर्न आदेश दिएको छ ।
Leave a Reply