Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 927
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको बैठकको समापन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारविरुद्ध नयाँ अभियान चलाइरहेको छ । १६ वर्षसम्म हामी अरु काममै अल्मलियौं । त्यो अलमलले नयाँ कुरा सिकायो । पछिल्लो समय चालेको सुशासनका अभियानले पार्टीलाई एकताबद्ध बनायो । हामी भ्रष्टाचार विरुद्धको सवालमा अझै निर्मम बन्छौं ।’



    सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताए ।

    सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । पार्टीले सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि स्वामित्व लिने गरी जनतामा जानुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार