Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • देशभर ‘माओवादी रुपान्तरण अभियान’ चलाउन नेताहरुलाई प्रचण्डको निर्देशन

    देशभर ‘माओवादी रुपान्तरण अभियान’ चलाउन नेताहरुलाई प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 735
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर एकैसाथ ‘माओवादी विशेष रुपान्तरण अभियान’ चलाउन निर्देशन दिएका छन्।

    आइतवारको केन्द्रीय समिति बैठक जवाफ दिँदै अध्यक्ष प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन् ।



    माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो ।  उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिए ।



    अध्यक्ष प्रचण्डले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे। बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिए ।

    अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार