Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर तेस्रो साता चीन जाने

    प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर तेस्रो साता चीन जाने

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 657
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता चीनको भ्रमण गर्ने भएका छन् ।

    परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताएका हुन्। उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे ।



    उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए ।



    मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए । परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए ।

    उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार