Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • जनयुद्धको कुरा गरेर मात्रै माओवादी रूपान्तरण हुन्न : प्रधानमन्त्री प्रचण्ड

    जनयुद्धको कुरा गरेर मात्रै माओवादी रूपान्तरण हुन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 735
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

    कमलादीमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अब माओवादी र जनयुद्धको कुरा गरेरमात्रै नहुने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी माओवादी र जनयुद्धकारीको पृष्ठभूमिबाट आएका मात्रै छैनौं। अब उनलाईमात्रै सम्बोधन गरेर तीनको मात्रै विचारको कुरा गरेर अब हुन्न । तपाईं हामी सबैले अलिकति परिस्थतिमा आएको नयाँपनलाई हेक्का राखेर आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्न जरूरी छ।’

    उनले अब नयाँ ठाउँमा छौं भनेर बुझ्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

    प्रधानमन्त्री प्रचण्डले हामी जनआन्दोलनबाट आएका विभिन्न वामपन्थ घटकको पृष्ठभूमि तथा एकता र विभाजनको घटकबाट जोडिएकाहरूको पार्टी माओवादी भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार