Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रहरी रिपोर्ट अनलाइनबाटै प्रमाणीकरण गरिने, परराष्ट्रमन्त्री साउदले गरे उद्घाटन

    प्रहरी रिपोर्ट अनलाइनबाटै प्रमाणीकरण गरिने, परराष्ट्रमन्त्री साउदले गरे उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 846
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने सेवाको उद्घाटन गरेका छन् ।

    त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर परराष्ट्रमन्त्री साउदले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।



    कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ ।



    यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो ।

    अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार