Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

    चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।



    इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।



    अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार