Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको रक्तसञ्चार केन्द्रमा रुसको बम आक्रमण

एजेन्सी । रुसले युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार रुसले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा बम आक्रमण गरेको हो ।

उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि रक्त सन्चार केन्द्रमा आगो लागेको देखिन्छ ।

उनले आक्रमणमा परी केही व्यक्तिको मृत्यु र केही घाइते भएको पनि उल्लेख गरेका छन् । रुसले हाल पूर्वी सीमा क्षेत्रमा सैनिकहरुलाई केन्द्रित गरेर आक्रमण गर्दै आएको छ ।

यसैगरी युक्रेनले शनिबार नै रुसको तेल बोकेको एक पानी जहाजमा आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077