Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी चालकसँग एक सय घुस लिने दुई प्रहरी जवान निलम्बित

सर्लाही । प्रहरी प्रधान कार्यालयले रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनका चालकसँग घुस लिएको आरोपमा कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्।

उनीहरुले राजमार्गमा ड्युटी गर्ने क्रममा एकजना जिप चालकसँग घुस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

उनीहरुले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक/एक सय रुपैयाँ घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077