Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक निर्धारित समयभन्दा लम्बिने भएको हो ।

बुधवारदेखि शुरू भएको बैठक आइतवार सक्ने निर्धारित कार्यक्रम थियो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने भएको हो ।

थपिएको दिनको बैठकको सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिनेछ ।

चौथो पूर्ण बैठकको चौथो दिनसम्म अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

बाँकी बैठक सञ्चालन गर्न अन्यत्र ठाउँको खोजी भइरहेको माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पार्टी अध्यक्ष  प्रचण्डले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077