Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्री साउदको आग्रह

    पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्री साउदको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 930
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई आग्रह गरेका छन् ।

    परराष्ट्रमन्त्री साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्।



    रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्।



    भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् ।

    मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैदेखि बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी र अन्य निकायहरू खटाइएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार