काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ।
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको हो ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
बुधबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
अहिलेसम्म झन्डै सय जना सदस्यहरूले बोलिसकेका छन्।यसपालि नाम टिपाउने सबै सदस्यहरूलाई बोल्न दिने पक्षमा माओवादीको नेतृत्व छ।
हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ।