झापा । झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
डेंगी संक्रमणबाट बिर्तामोड नगरपालिका-५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो ।
लावतीको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको बताइएको छ।
बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो ।
Leave a Reply