Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चर्किदै सुन तस्करी प्रकरण, महरा र पुनमाथि छानविन हुनुपर्ने माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ ।

सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरामाथि छानविन हुनुपर्ने माग उठेको छ । महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठेपछि उनीमाथि छानविन हुनुपर्ने माग बैठकमा उठेको हो ।

प्रतिनिधि सभाका सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने माग बैठकमा गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्ने दाहालको माग छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077