Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • डेढ घण्टापछि झापा कारागारमा भएको झडप साम्य

    डेढ घण्टापछि झापा कारागारमा भएको झडप साम्य

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 2.9K
    SHARES

    झापा । चौकीदारको सरुवाको विरोधामा भद्रपुरस्थित झापा जिल्ला कारागारमा भएको झडप साम्य भएको छ ।

    कारागारभित्रको तनावपूर्णस्थिति डेढ घण्टापछि साम्य बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।



    सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।



    उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए।

    कर्तव्य ज्यान मुद्दाका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार