धनुषा । प्रहरीले नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जनालाई पक्राउ गरेको ।
पक्राउ पर्नेमा सबैला नगरपालिका ४ प्रसाही टोलमा सञ्चालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका सञ्चालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।
धनुषा प्रहरीले नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
अनुसन्धानकै क्रममा धनुषाधामका एक कम्प्युटर सेन्टरका सञ्चालकलाई समेत पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply