Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडेपछि...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत बोकेर हिँडेको खुलासा भएको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन बोकेर हिँडेको बताएका हुन् ।

उपकुलपति बाँस्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको आरोप लगाए ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उनले मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे ।

उपकुलपति बाँस्कोटाले उनीहरुलाई कारबाहीका लागि आफूहरुले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र त्यो तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077