Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • सुन तस्करीमा मुछिएका नेताहरूले दोषी छैन भनेर पन्छिन मिल्दैन : लेखनाथ दाहाल

    सुन तस्करीमा मुछिएका नेताहरूले दोषी छैन भनेर पन्छिन मिल्दैन : लेखनाथ दाहाल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद लेखनाथ दाहालले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि लागेको आरोप सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा धारणा राख्दै सांसद दाहालले यस्तो बताएका हुन् । दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए ।



    सांसद दाहालले भने,‘दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि उहाँले सीआईबीमा निवेदन दिनुपर्छ । भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’

    दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए । सांसद दाहालले यस सम्बन्धमा छानबिन नहुँदासम्म प्रश्न उठिरहने बताए ।

    विद्युतीय चुरोट ‘भेप्स’मा ल्याइएको ९ केजी सुन प्रकरणका अभियुक्त चिनियाँ नागरिकसँग महराको ुकनेक्सनु देखिएको यसअघि नै सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार