काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण हुने भएको छ ।
सरकारले साउन २१ गते आइतबारदेखि यो सेवा सुरू गर्न लागेको हो ।
परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।
मन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणत्र अनलाइनबाटै प्रमाणीकरण व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
मन्त्री साउदले नै आइतबार कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गर्नेछन्।
Leave a Reply