काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो ।
बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका छन् ।
बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।
अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् । ५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ ।