Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक बसिरहेको हो ।

बैठकका मुख्य एजेण्डा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिमा केन्द्रित हुने पार्टीले जनाएको छ ।

नेकपा एसको स्थायी कमिटीको बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा डाकिएको छ ।

पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077