बाग्लुङ । वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ।
आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन।
बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन्।
ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौं, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन्।
Leave a Reply