Online Nepal
  • बुधबार, २ माघ २०८१
  • माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

    माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ । यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ ।



    काठमाडौंको कमलादीमा बसेको दोस्रो दिन बिहीबारको बैठकमा आफ्नो सुझाव राख्दै केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै पार्टीलाई विधि, विधान तथा नियमअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

    बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन् ।

    प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न उठाएपछि एकछिन बैठकमा सन्नाटा छाएजस्तो भयो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार