Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय विभागमा बस्न 'मास्टर्स', पालिकामा १२ पास अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर पास हुनुपर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले यी पदका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता निर्धारण गरेको हो ।

यस्तै प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उतीर्ण हुनु पर्नेछ भने स्नातक उतीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनु पर्नेछ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उतीर्ण वा विभाग अनुसारको क्षेत्रमा २ वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077