Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • रविलक्षित प्रेम बानियाँको व्यंग्य – चर्चित र चिपेष्ट केही समय मात्र टिक्छन् !

    रविलक्षित प्रेम बानियाँको व्यंग्य – चर्चित र चिपेष्ट केही समय मात्र टिक्छन् !

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अमेरिकामा रहेका सञ्चारकर्मी प्रेम बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै चर्चित र चिपेष्ट केही समयमात्र टिक्ने बताएका छन्

    । प्रतिनिधिसभा सदस्य बनेको १०० दिन पुगेको अवसरमा बुधबार रास्वपा सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन( २ मा महिलाका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएपछि बानियाँले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले सामाजिक संञ्जालमा लेखेका छन्, ‘चाँडै सकियो चर्चित र चिपेष्ट नानो कार ! सन् १९४५ मा स्थापना भएको टाटा मोटर्सले सन् २००८ जनवरी १० मा संसारकै सस्तो भनेर एउटा कार लन्च गर्यो : नानो कार । स्कुटर वा मोटरसाइकल चढिरहेका मध्यम तथा निम्न वर्गीय परिवारलाई कारमा अपग्रेड गराउने उदेश्यसहित आएको यो कार यति चर्चित भयो केही समय कि यसको बिकल्प नै छैन भन्ने देखियो । ६२४ सीसी इन्जिनको यो कारको मूल्य १५ सय देखि ३ हजार डलर थियो । जम्मा दुई वर्षवीच समय यस्तो भइदियो कि नानो कार चढ्नेहरुको इज्जत नै ‘सस्तोवाला’ भइदियो समाजमा । नानो कार चढ्ने परिवारहरुलाई समाजले हेर्ने दृष्टिकोण नै ‘चिपेष्टवाला’ भइदियो र एकाएक नौ सय दिनसमेत बित्न नपाउँदै नानोको बजार चक्नाचुर भयो ! टाटा मोटर्सको इतिहासमै यस कम्पनीका नाति पुस्ताका रतन टाटाको यो उत्पादनले बिरासतकै बेइज्जत गर्यो । त्यसैले चर्चित र चिपेष्ट केहीसमय मात्र टिक्छन् ।’



    चितवन–२ बाट उपनिर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा निलो बस भनेर महिलाहरुको लागि निःशुल्क बस सेवाको उद्घाटन गरेका थिए ।

    रविको उक्त कदमप्रति बानियाँको यस्तो टिप्पणी आएको हो । उनले भारतको चर्चित कम्पनी टाटाको नानो कारको दुःखद् अवसानसँग जोडेर यस्तो टिप्पणी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार