Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रस्तावित राजदूत क्षेत्रीलाई सांसद घर्तीको प्रश्न – कार्यालयमै महिलामाथि दुर्व्यवहार गर्नुहुन्छ रे, हो ?

    प्रस्तावित राजदूत क्षेत्रीलाई सांसद घर्तीको प्रश्न – कार्यालयमै महिलामाथि दुर्व्यवहार गर्नुहुन्छ रे, हो ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 867
    SHARES

    काठमाडौं । नेकपा एमाले सांसद ईश्वरी घर्तीले युएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीलाई कार्यालयमा महिलामाथि दुर्व्यवहार गरेको हो भन्दै प्रश्न गरेकी छन् ।

    सिंहदरबारमा भएको संसदीय सुनुवाइका क्रममा क्षेत्रीमाथि परराष्ट्र मन्त्रालयका कर्मचारीको तर्फबाट ५ वटा गम्भीर प्रकृतिको उजुरी आएको भन्दै सांसद घर्तीले उक्त प्रश्न गरेकी हुन् ।



    सांसद घर्तीले भनिन्,’महिलालाई कार्यालयमा पटक–पटक दुर्व्यवहार गरेर उजुरी परेको छ । मन्त्रालयमा ईस्ट्राईकर उपनामले भनेर बोलाउने गरेको भनेको मन्त्रालयका सबै कर्मचारीको तर्फबाट भनेर उजुरी आएको छ । भोलि युएईको दूतावासमा पनि महिला होलान्, त्यहाँपनि दुर्व्यवहार नहोला भनेर कसरी भन्न सकिन्छ?’



    प्रस्तावित राजदूत क्षेत्रीले २६ वर्षको सरकारी सेवाको क्रममा आफूमाथि दुर्व्यवहार गरेको भनेर एक जनाको पनि उजुरी नपरेको, आफूलाई बेइज्जत गर्ने उद्देश्यले उजुरी गरेको गलत आरोप रहेको बताए ।

    क्षेत्रीले आफूमाथि महिलामाथि दुर्व्यवहार गरेको र कार्यक्षमताको विषयलाई लिएर आएका उजुरीले परराष्ट्र मन्त्रालयकै बेइज्जत गरेको बताए ।

    प्रस्तावित राजदूत क्षेत्रीले महिलालाई आफूले सम्मान गर्ने, देवी मान्ने र दुर्व्यवहार गरेको भनेर कहिले पनि गुनासो वा उजुरी मन्त्रालयमा नपरेको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार