गुल्मी । घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको हो ।
फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् ।
उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Leave a Reply