Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • रविलाई पोखरेलको प्रश्न – सार्वजनिक यातायात महिलाका लागि मात्र चितवनबाट दिन खोजिएको हो ?

    रविलाई पोखरेलको प्रश्न – सार्वजनिक यातायात महिलाका लागि मात्र चितवनबाट दिन खोजिएको हो ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले चितवनमा सञ्चालन गरेको महिलाका लागि निःशुल्क सार्वजनिक यातायातप्रति प्रश्न उठाएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले चितवनमा सभापति लामिछानेले सञ्चालन गरेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको बताएका हुन् ।

    उनले नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्ने जिकिर गरे । ‘हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ,’ उनले भने, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ ।’



    चितवन जस्तो सचेत ठाउवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौ । यस्तै उनले दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद वाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको बताए ।



    ‘उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभावकि हो,’ उनले भने ।

    नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । ‘पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार