Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

    चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् ।

    बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् ।



    राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले भारत सरकारले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको र प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताए ।



    “भारतले घोषणालगत्तै व्यापारीले आफूसँग मौज्दात रहेको चामलसमेत प्रतिबोरा २५० देखि तीन सय रुपियाँसम्म वृद्धि गरेका छन्, जसको असर सर्वसाधारण उपभोक्तामा परेको छ,” उनले भने । केही सीमित व्यापारीले मौज्दात रहेको चामल मनलाग्दी मूल्यमा बिक्री गर्दासमेत राज्यका नियमनकारी जिम्मेवार निकायले हस्तक्षेप गर्न नसकेको उनले आरोप लगाए ।

    नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले ठुला व्यापारीले चामलको मूल्य बोरामै प्रतिकेजी तीन सय बढाइसके, राज्यका जिम्मेवार निकायले किराना पसललाई अनुगमन गरेर तमासा देखाउने काम गरेको उनको आरोप छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार