Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको हो ।

बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधवार १८ नेताले धारणा राखेका थिए । बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ ।

माओवादी बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077