Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कालीदास प्रवृत्तिका व्यक्तिहरुलाई पार्टीमा महत्त्व दिनु हुँदैन, प्रचण्ड पनि वस्तीमा जानुपर्छ : शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले कालीदास प्रवृत्तिका व्यक्तिहरुलाई अध्यक्षले पार्टीमा महत्त्व दिन नहुने बताएका छन् ।

बुधबारदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले पार्टीमा विश्वासको संकट पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी बनाउन जनताको बस्तीमा पुग्नुपर्ने बताएका हुन् ।

उनले तीन महिने अभियान लिएर सबै नेताहरुका साथै प्रचण्ड पनि गाउँगाउँमा रहेका जनताको बस्तीमा पुग्नुपर्ने बताए ।

उनले पार्टीमा विश्वासको संकट पैदा भएको उल्लेख गर्दै प्रचण्ड स्वयम्ले पनि निश्चित घेरा तोड्नु पर्नेमा जोड दिए । यस्तै पार्टीका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077