Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैठक आन्तरिक र घरायसी हो, लाइभ गर्दा गोपनीयता भंग हुन्छ : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफलको विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए ।

उनले एकपटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए । बैठकको लाइभ गर्दा गोपनीयता भंग हुने भएकाले नगरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077