विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् ।
आफूलाई निवर्तमान मुख्यमन्त्रीका रूपमा स्वीकार नगरिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले मुख्यमन्त्री थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन्।
शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको नजिकै हुने गरेको तर अहिले त्यसो नभएको भन्दै कार्कीले आपत्ति जनाएका छन्।
नयाँ मुख्यमन्त्रीको शपथपछि बधाई दिएर सिट छोड्ने प्रचलन भए पनि आफ्नो लागि सिट व्यवस्थापन नगरेकोले शपथ ग्रहण समारोहमा बस्नु उपयुक्त नलागेको भन्दै कार्की बाहिरिएका थिए।
प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए ।
सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेको तर प्रदेश प्रमुख परशुराम खापुङले अस्वीकार गरेको उनको भनाइ छ ।
Leave a Reply