Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सरकार छोडिन्छ तर भ्रष्टाचारविरुद्धको अभियान छोडिन्न : प्रधानमन्त्री प्रचण्ड

    सरकार छोडिन्छ तर भ्रष्टाचारविरुद्धको अभियान छोडिन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 534
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष उवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्।

    बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने उल्लेख गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी जारी छ ।राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न। छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।’

    उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको तर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार